Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संगठनको भावनाविपरीत गतिविधि तत्काल नरोके कारबाही गर्ने नेविसंघको चेतावनी

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सङ्गठनभित्र अनुशासन उल्लघंन गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएको छ । सङ्गठनभित्र अन्तर्विरोध चर्किन थालेपछि नेविसंघ केन्द्रीय कार्यालयले कारवाहीको चेतावनी दिएको हो ।

अध्यक्ष दुजाङ शेर्पाको निर्देशनमा नेविसंघ मुख्य सचिव विजय खड्काले एक विज्ञप्ति जारी गर्दै अनुशासन उल्लङ्घन हुने कार्य नगर्न आग्रह गरे ।

नेविसंघको लेटर हेड प्रयोग गरेर स्ववियु निर्वाचन लक्षित विभिन्न समिति र तिनका संयोजक तोक्ने काम भएको भन्दै त्यस्तो नगर्न आग्रह गरिएको हो ।

नेविसंघले स्ववियु निर्वाचन २०७९ लाई लक्षित गरी विभिन्न समिति तथा संयोजकहरूको आधिकारिक नाम सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077