Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

धनराज गुरुङ भन्छन् - भ्रष्टचारीहरुलाई ठेगान नलगाइ देश बन्दैन

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भ्रष्टचारीहरुलाई ठेगान नलगाइ देश नबन्ने बताएका छन् ।

बुटवल उपमहानगरपालिको ६४ औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै संघीय सांसद समेत रहेका गुरुङले सो कुरा बताएका हुन् ।

उनले भ्रष्टचारीको कुनै जात धर्म राष्ट्रियता नहुने भन्दै कुनै पनि दलले पनि संरक्षण गर्न नहुने उल्लेख गरे । भ्रष्टचारीलाई राजनीतिको पछ्यौरी ओढाएर उन्मुक्ति दिने चलन हट्नुपर्ने उनको भनाई छ ।

देशमा अहिले आर्थिक अवस्था कम्जोर बनेको भन्दै शुसासन दिन नसके मुलुकमा डरलाग्दो अवस्था आउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077