Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पाठ्यपुस्तक उत्पादनको दैनिक विवरण उपलब्ध गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन

    पाठ्यपुस्तक उत्पादनको दैनिक विवरण उपलब्ध गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 651
    SHARES

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी २०८० वैशाख २ गतेभित्र पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा मंगलबार भएको बैठकमा प्रमका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले वैशाख २ गते विद्यालयमा भर्नासँगै पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिएका हुन् । बैठकमा उनले पाठ्यपुस्तक उत्पादन भएको दैनिक विवरण उपलब्ध गराउन निर्देशन दिए ।



    प्रम कार्यालयका प्रशासन र नतिजा व्यवस्थापन शाखाका सचिव डा. गणेशप्रसाद पाण्डेले, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका शिक्षा सचिव रामकृष्ण सुवेदी, शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेल, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिलकुमार झालगायतको उपस्थिति रहेको बैठकमा प्रम कार्यालयले कुनै पनि बहानामा पाठ्यपुस्तक पुर्‍याउने काममा बिलम्ब नगर्न निर्देशन दिइएको छ । प्रम कार्यालयका सचिव डा. पाण्डेले हालसम्म छपाइ पूरा भएको विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएका थिए ।



    मुख्य सल्लाहकार गजुरेलले पाठ्यपुस्तक छपाइ गर्ने कागज नभएर वा मेसिन सञ्चालन नभएर पाठ्यपुस्तक पुग्न नसकेको लगायतका कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका थिए । उनले भने–‘कुनै पनि हालतमा वैशाख २ गतेभित्र पाठ्यपुस्तक पुग्नैपर्छ ।’ नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार