Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्यानडा पठाईदिन्छु भन्दै १९ लाख बढी ठगी गर्ने लक्ष्मण पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्यानडा पठाईदिन्छु भन्दै लाखौ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-३ घर भई नरेफाट बस्ने २९ वर्षिय लक्ष्मण थापा रहेका छन् ।

पक्राउ परेको लक्ष्मण थापाले सोमनाथ उप्रेतीलाई वर्किङ भिषामा वैदेशिक रोजगारीका लागि क्यानडा पठाई दिने भन्दै १९लाख ९० हजार ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

थापाले मासिक ३ लाख रुपैयाँ कमाई हुने भन्दै उप्रेतीसंग प्रति व्यक्ति २३ लाख रुपैयाँ मागेका थिए । थापा ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले थापालाई आज बानेश्वरबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका थापालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077