Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कम्बोडिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने तोपेन्द्र प्रहरी खोरमा

काठमाडौं । प्रहरीले कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाँउपालिका २ घर भई काठमाडौंको नयाँ वषपार्क बस्ने २३ वर्षीय तोपेन्द्र सिंह रहेका छन् ।

सिंहलाई गंगवु बिजिमहलबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टालीले पक्राउ गरेको हो ।

पक्राउ परेका सिंहले कम्बोडियाको क्यासिनोमा गार्डमा काम लगाई दिने भन्दै प्रतिव्यक्ति १२ लाख लिएर ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सिंहले मासिक १ लाख ३० हजार रुपैयाँ कमाई हुने भन्दै विभिन्न व्यक्तिहरूसंग प्रति व्यक्ति ६ लाख रुपैयाँ मागेका थिए ।

पक्राउ परेका सिंहलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077