Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चित्रबहादुर केसीले बुझाए प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र

    चित्रबहादुर केसीले बुझाए प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र

    अनलाइन नेपाल
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 507
    SHARES

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ ।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन् ।



    पार्टी केन्द्रीय प्रतिनिधि मण्डलले प्रचण्डलाई भेटेर गणतन्त्र, राष्ट्रियता र जनजीविकाका विषयलाई समेटेर ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएको हो ।



    राष्ट्रिय जनमोर्चाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारलाई समर्थन गरेको छैन ।

    गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मतका लागि राखेको प्रस्तावमा जनमोर्चाले विपक्षमा मत दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार