Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अध्यक्ष ओली भन्छन् – एमालेविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको छ

    अध्यक्ष ओली भन्छन् – एमालेविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको छ

    अनलाइन नेपाल
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 522
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको बताएका छन् ।

    शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट ‘मिसन ग्रासरुट’ नाम दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियानको भर्चुअली उद्‌घाटन गर्दै उनले यस्तचो बताएका हुन् ।



    अध्यक्ष ओलीले स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरूले अहिले पनि आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास गरिरहेको भन्दै त्यसलाई तोडेर अघि जानुपर्ने अवस्था रहेको बताए । उनले अस्वस्थ ढंगले चल्ने राजनीतिक दलहरूलाई पराजित गर्नेगरी तयारी गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।



    अध्यक्ष ओलीले निकट विगतमा आफ्नो पार्टीलाई एक्ल्याउने शक्ति र प्रवृत्तिहरू अहिले पनि रहेकाले त्यस्ता शक्तिहरूको षडयन्त्रबारे जनतालाई बुझाउँदै लैजानुपर्ने जरुरी रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार