Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • चिनियाँ राजदूत सोङ र ओलीबीच बालकोटमा भेटवार्ता, के भयो कुराकानी ?

    चिनियाँ राजदूत सोङ र ओलीबीच बालकोटमा भेटवार्ता, के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 750
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपालका लागि चिनियाँ राजदूत बालकोट पुगेका छन् ।

    नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकोटमा गएर भेटेको केहीबेरमै चिनियाँ राजदूत चेन सोङ पनि एमाले अध्यक्ष ओलीलाई भेट्न पुगेका हुन् ।



    भेटमा उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ । स्रोतका अनुसार राजदूत सोङले नेपालको राजनीति र राष्ट्रपति निर्वाचनबारे ओलीसँग जिज्ञासा राखेका थिए ।



    राष्ट्रपति निर्वाचनका कारण सत्ता गठबन्धन संकटमा रहेको बेला राजदूत सोङ र ओलीबीच वार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार