Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिटौला – राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुस्, प्रचण्डको जवाफ – एमाले ब्याक हुने अवस्थामा छैन

    सिटौला – राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुस्, प्रचण्डको जवाफ – एमाले ब्याक हुने अवस्थामा छैन

    अनलाइन नेपाल
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 630
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ उनीहरूबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

    भेटमा उनीहरुबीच राष्ट्रपति चयनका विषयमा छलफल भएको बताइएको छ । सिटौलाले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्न प्रधानमन्त्री प्रचण्डलाई प्रस्ताव गरेको बुझिएको छ ।



    उनले कांग्रेसले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजेको भन्दै त्यही कारण २६ पुसमा विश्वासको मत दिएको स्मरण गराएका थिए । तर प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले अध्यक्ष ओलीले १० पुसको सहमतिलाई कायम राख्नुपर्ने अडान लिँदै आएको जवाफ फर्काएका छन् ।



    प्रधानमन्त्री प्रचण्डले एमाले तत्काल ब्याक हुने अवस्थामा नरहेको सिटौलालाई जवाफ दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार