Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपालको बराबरी

    दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपालको बराबरी

    अनलाइन नेपाल
  • शनिबार, ६ फाल्गुन २०७९
  • 564
    SHARES

    काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पनि नेपाली महिला फुटबल टिमले भारतसँग गोलरहित बराबरी खेलेको छ ।

    जवाहरलाल नेहरु स्टेडियम चेन्नाईमा सम्पन्न खेलमा दुवै टिमले गोल गर्ने थुप्रै अवसर सृजना गरे पनि त्यसलाई स्कोरमा परिणत गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।



    दुई मैत्रीपूर्ण खेलका लागि भारत भ्रमणमा रहेको नेपालले पहिलो खेलमा र २–२ गोलको बराबरी खेलेको थियो । यो मैत्रीपूर्ण खेल दुवै टिमले ओलम्पिक छनोटको तयारीका रुपमा खेलेका थिए ।



    अन्तिमपटक काठमाडौंमा आयोजित महिला साफ च्याम्पियनसीपमा आमनेसामने भएपछि पहिलोपटक नेपाल र भारतबीच प्रतिस्पर्धा भएको हो ।

    घरेलु मैदानमा आयोजित साफमा नेपालले सेमिफाइनलमा भारतलाई पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार