Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस महामन्त्री शर्माले भने - राजनीतिमा राम्रा मानिस पनि छन् भन्ने बुझाउन सकिएको छैन

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिभित्र राम्रा मानिस पनि छन् भनेर बुझाउन नसकिएको बताएका छन्।

कर्णाली उत्सवको ‘सग्लो समाजः सङ्लो राजनीति’ सत्रमा आइतबार सहभागी भएका महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

शर्माले केही राजनीतिज्ञको प्रवृत्तिका कारण समग्र राजनीतिप्रति जनतालाई वितृष्णा देखिने गरेको बताए।

शर्माले भने, ‘गर्नुपर्ने कामको प्राथमिकता निर्धारण गर्न नसकिनु, समयमै आयोजना सम्पन्न नहुनु, भनेको बेला सेवा लिन नपाउनुजस्ता कुराले राजनीतिप्रति मानिसलाई वितृष्णा जागेको पाइन्छ।’

उनले संस्थाहरू नै राजनीतिकरण हुने गरेकाले अहिले राजनीति निष्पक्ष नभएको बताए। उनले राजनीतिलाई सङ्लो बनाउन राजनीतिज्ञले पदको लोभ गर्न नहुने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077