Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

माओवादी महासचिव गुरुङको प्रश्न - सिफारिस नै मान्नुपर्छ भन्ने बाध्यकारी छ ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले संविधानमै दलको उम्मेदवार राष्ट्रपति बन्न पाउने व्यवस्था नभएको बताएका छन्।

पदाधिकारी बैठकका लागि पार्टी कार्यालय पेरिसडाँडा पुगेका उनले पुस १० मा भनिएको सहमति बाध्यकारी नभएको बताएका हुन् ।

उनले एमालेले राष्ट्रपति आफ्नो हुनुपर्ने प्रस्ताव मात्रै गरेको जिकिर गरे । गुरुङले भने, ‘सिफारिस गर्ने कुरा एउटा हो। सिफारिस नै मान्नुपर्छ भन्ने बाध्यकारी छ?’

गुरुङले जुन दलले साझा सहमति हुनसक्ने पात्रलाई अघि सार्छ, उसैमा सहमति हुनसक्ने बताए।

राष्ट्रियता, गणतन्त्र, संघीयताको पक्षमा अभिमत प्रकट गर्ने तथा आफूलाई सबैको साझा बनाउन सक्नेलाई राष्ट्रपति बनाउनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077