Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मन्त्री भुसाल भन्छिन्- जनतालाई सरल र सहज रूपमा सेवा प्रवाह गर्नुपर्छ

विराटनगर । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष एवं पूर्वमन्त्री पम्फा भुसालले जनतालाई सरल र सहजरूपमा सेवा प्रवाहमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले उत्कृष्ट भूमिका निर्वाह गर्नुपर्ने बताएकी छिन् ।

माओवादी केन्द्रको भ्रातृ संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती प्रदेश १ को प्रदेश सम्मेलनको विराटनगरमा उद्घाटन गर्दै भुसालले राष्ट्रहित र जनताको सेवाप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिइन् ।

उनले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै उनले राज्यको अभिभावकीय भूमिका निभाउन नसकेको पनि आरोप लगाइन्।

उपाध्यक्ष भुसालले भनिन्, ‘संविधानको रक्षाका लागि राष्ट्रपतिको भूमिका हुनुपर्छ। तर जनताले सो कुरा राष्ट्रको अभिभावकबाट महसुस गर्न पाएनन्। अबको राष्ट्रपति संविधानको रक्षा गर्ने सक्षम र राष्ट्रको अभिभावकको भूमिकामा देखिन सकियोस्।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077