Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ग्वार्कोबाट कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

कार्यालयबाट खटिएको प्रहरी टोलीले रौतहटको गरुडा नगरपालिका ९ का शिवकुमार यादवलाई पक्राउ गरेको हो ।

यादवमाथि सोही ठाउँ बस्ने छविलाल साहको हत्या गरेको आरोप छ । शाहलाई यादव लगायतका व्यक्तिहरुले गत असोज २६ गते गरुडा–९ सिसवास्थित सार्वजनिक सडकमा कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते भएका शाहको उपचारका क्रममा नारायणी बयोधा शिक्षण अस्पतालमा उपचारका क्रममा कातिक १८ गते मृत्यु भएको थियो ।

मंगलबार ललितपुरको ग्वार्कोबाट पक्राउ परेका यादवलाई कानुनी कारवाहीका लागि रौतहटस्थित इलाका प्रहरी कार्यालय गरुडा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077