Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली लाइसेन्स बनाउने कार्यमा संलग्न प्रकाश पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली लाइेन्स बनाउने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोल्पा त्रिवेणी गाउँपालिका -७ घर भई हाल जिल्ला ललितपुर गोलभट्टा बस्ने वर्ष २८ को प्रकाश घर्ती मगर रहेका छन् ।

केही व्यक्तिले लिखत किर्ते गरी विभिन्न वर्गका नक्कली सवारी चालक अनुमति पत्र बनाई प्रयोग गर्दै आइरहेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले घर्ती मगरलाई पक्राउ गरेको हो ।

बी बर्गको लाइसेन्सलाई ए, बी, एफ र जी बर्गको बनाइ प्रयोग गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077