Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

क्रिकेट खेल्न यूएई जानका लागि अनुमति माग्दै सर्वोच्च पुगे सन्दीप

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र पीएनजीविरुद्धको सिरिजका लागि युएई जान पाउनु पर्ने मागसहित सन्दीप लामिछाने सर्वोच्च पुगेका छन्।

विदेश जान प्रतिबन्ध लगाउने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै सन्दीप सर्वोच्च पुगेका हुन्। उच्च अदालतले विदेश जान रोक लगाएका कारण सन्दीप यूएई जाने टीममा परेका छैनन् ।

सोही प्रतिबन्ध फुकुवाका लागि सन्दीपले बिहीवार सर्वोच्चमा निवेदन दिएका हुन् । गत पुस २८ गते उच्च अदालत पाटनले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान प्रतिबन्ध लगाएको थियो।

सन्दीपले नेपालमा हालै भएको ईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिदेशीय सिरिजमा उत्कृष्ट पुनरागमनसहित १३ विकेट लिएका थिए । सन्दीपलाई धरौटीमा छाड्ने आदेश दिँदा उच्च अदालत पाटनले विदेश जान नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।

नेपाल-यूएई र पीएनजीबीच आगामी साता यूएईमा सिरिज हुँदैछ । क्यानले पनि निलम्बन फुकुवा गरेको थियो। क्यानले उनलाई विदेश लैजान समेत पहल गरिरहेको छ। नेपालले युएईमा पपुवान्युगिनी र युएईसँग २/२ खेल खेल्नेछ।

आगामी सोमबार पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने तालिका छ। त्यसअघि नै सन्दीप विदेश जान रोक लगाउने निर्णय बदर गराउने प्रयासमा छन्। यदि अदालतले यसअघिको निर्णय बदर नगरे नेपाली टोली सन्दीपबिनै यूएई जानेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077