Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसमाथि नयाँ प्रतिबन्ध लगाउँदै जी सेभन, युक्रेनलाई थप आर्थिक सहयोग

एजेन्सी । युरोपेली सङ्घसहित सात राष्ट्रको अन्तर्राष्ट्रिय समूह ‘जी सेभन’ले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने भएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पूरा हुन लागेको पूर्वसन्ध्यामा उक्त समूहका मन्त्रीहरूको बैठकमा नयाँ प्रतिबन्धबारे छलफल भएको हो ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा युक्रेनमा दिगो शान्तिका लागि मतदानको तयारी गरिरहेका बेला क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका सदस्य रहेको अन्तरसरकारी मञ्च जी सेभनका मन्त्रीहरू नयाँ प्रतिबन्ध लगाउने निष्कर्षमा पुगेका हुन् ।

भारतको बेङलुरुमा जी सेभेनका अर्थमन्त्रीबीच पनि युक्रेनलाई थप आर्थिक सहयोग गर्ने तथा रुसमाथि अझ कठोर प्रतिबन्ध लगाउने सम्बन्धमा विचारविमर्श भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077