Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसले युक्रेनमा आक्रमण गरेको एक वर्ष पूरा, युद्ध अझै लम्बिने सङ्केत

एजेन्सी । रुसले युक्रेनमा आक्रमण सुरु गरेको आज एक वर्ष पूरा भएको छ । गत वर्ष फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेर युद्धको सुरुवात गरेको थियो ।

दुई देशबीच युद्ध सुरु भएयता दुवैतर्फ मानवीय तथा भौतिक क्षति भएको छ । युक्रेनलाई सघाइरहेको अमेरिकी प्रशासनले दुवैतर्फ कम्तीमा एक लाख सैनिकको ज्यान गएको हुनसक्ने जनाएको छ ।

तर मानवीय क्षतिको पूर्ण विवरण अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । आक्रमणको वर्ष दिन पुगेको अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हतियार उत्पादन बढाउने वाचा गरेका छन् ।

'डिफेन्डर अफ द फादरल्यान्ड डे' का अवसरमा जारी गरिएको भिडियो सम्बोधनमा राष्ट्रपति पुटिनले राष्ट्रिय सेनाबाटै राष्ट्रको स्थायित्व, विकास र भविष्य सुनिश्चित हुने बताए ।

राष्ट्रपति पुटिनले युक्रेन आक्रमणलाई ‘विशेष सैन्य अभियान’ भन्दै आएका छन् । रुस–युक्रेनबीच शान्ति स्थापनाका लागि निर्णायक पहल हुन सकेको छैन । दुई देशबीच युद्ध अझै लम्बिने सङ्केत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077