Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

राष्ट्रपतिमा पुरानै गठबन्धनको साझा उम्मेदवार हुन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुरानो पाँच दलीय गठबन्धनबाटै राष्ट्रपतिको उम्मेदवार तय हुने बताएका छन्।

बिहानदेखि करिब साढे ३ घण्टासम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘कांग्रेसले माओवादी, नेकपा एस र जसपासँग छलफल गरेका छौं । विभिन्न विकल्पबारेमा प्रस्ताव आएको छ । छलफल सकारात्मक छ । फेरि आआफ्नो दलमा साँझ पाँच बजे बस्नेगरी टुंग्याउछौं।'

कांग्रेसले प्रस्ताव गरेको र अन्य दलबाट आएको प्रस्तावमा कुरा भइरहेको बताए। महामन्त्री थापाले पुरानो पाँच दलीय गठबन्धनबाटै राष्ट्रपतिको उम्मेदवार तय हुने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077