Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपति आफैले पाउनुपर्ने कांग्रेसको अडान, माधव नेपाललाई प्रधानमन्त्री

    राष्ट्रपति आफैले पाउनुपर्ने कांग्रेसको अडान, माधव नेपाललाई प्रधानमन्त्री

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 510
    SHARES

    काठमाडौं । बालुवाटारमा बसेको चार दलको बैठकमा कांग्रेसले राष्ट्रपति पद आफैले पाउनुपर्ने अडान राखेको छ ।

    सत्तारुढ दल माओवादीसहित जसपा र एकीकृत समाजवादी पार्टीसँगको बैठकमा कांग्रेसले आफ्नै उम्मेदवारलाई सघाउने प्रस्तावमा अडान दोहोर्‍याएको हो ।



    पुरानो गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका थिए । तर, कांग्रेसले पाँच वर्षभित्र माधव नेपाललाई पनि एकवर्ष प्रधानमन्त्री बनाएर राष्ट्रपति आफैंले राख्ने प्रस्ताव अघि सारेको छ ।



    राष्ट्रपति निर्वाचनको संघारमा समाजवादी मोर्चा बनाउने गृहकार्य गरिरहेका माओवादी, एकीकृत समाजवादी र जसपाले माधवकुमार नेपालको नाम अघि सार्दा कांग्रेसले भने आफ्नै उम्मेदवारलाई सघाउन प्रस्ताव राखेको हो ।

    राष्ट्रपतिमा आफूलाई सघाएमा नेपाललाई सत्ता समीकरणका अन्य भागबन्डामा ठाउँ दिने कांग्रेसको प्रस्ताव गरेको छ । उपराष्ट्रपति भने जसपालाई दिने कुरामा माओवादी र एकीकृत समाजवादी पार्टी एकठाउँमा रहेका छन् ।

    शुक्रबार विहान नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको थियो । बैठकमा एकीकृत समाजवादीले राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने माग गरेको छ, जसलाई जसपा र माओवादीको समर्थन छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार