Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : शीर्ष स्थानको आर्सनलसँग लेस्टर सिटी पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले लेस्टर सिटीलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई १–० गोलले पराजित गरेको हो । आर्सनलको जितमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गरे । उनले खेलको ४६औँ मिनेटमा गोल गरेका थिए ।

जितसँगै आर्सनलले २४ खेलमा ५७ अङ्क जोडेको छ । आर्सनल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा २ अङ्कले अघि छ ।गएराति भएको खेलमा सिटीले बर्नमाउथलाई ४–१ गोलले हरायो । सिटीको २५ खेलमा ५५ अङ्क रहेको छ ।

त्यस्तै अरु खेलमा लिड्स युनाइटेडले साउथह्याम्पटनलाई १–० गोलले, वेस्ट ह्यामले नटिङ्घम फरेस्टलाई ४–० गोलले, एस्टनभिल्लाले एभर्टनलाई २–० गोलले हराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077