Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सन्दीप लामिछानेको मुद्दामाथि बन्द इजलासमा सुनुवाइ सुरु

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा सर्वोच्च अदालतको बन्द इजलासमा सुनुवाइ सुरु भएको छ।

लामिछानेको रिट निवेदन र पीडितको तर्फबाट सरकारले दिएको निवेदनलाई एकै ठाउँमा राखेर न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा सुनुवाइ अघि बढेको हो।

लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध सरकारले दिएको निवेदन र विदेश जाने अनुमति दिन लामिछानेले दिएको निवेदन न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासमा परेको थियो ।

सरकारी निवेदनमाथि सुनुवाइ सुरु गर्नुअघि सन्दीपका वकिलले बन्द इजलासमा सुनुवाइ गर्न माग गरेका थिए । सन्दीप लामिछानेले आफूले क्रिकेट खेल्न विदेश जान पाउनु पर्ने माग गरेका छन्।

सरकारी वकिल कार्यालयले भने उच्च अदालत पाटनले गत पुस २८ गते दिएको आदेश बदर गर्दै सन्दीपलाई थुनामै राखेर मुद्दाको अन्तिम टुंगो लगाउन माग गरेको छ। उच्च अदालत पाटनले गत पुस २८ गते सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077