Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राप्रपाका ४ मन्त्रीको राजीनामा स्वीकृत, मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

    राप्रपाका ४ मन्त्रीको राजीनामा स्वीकृत, मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

    अनलाइन नेपाल
  • आइतबार, १४ फाल्गुन २०७९
  • 432
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार मन्त्रीको राजीनामा स्वीकृत भएको छ ।

    उनीहरूले सम्हालेको मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैंले राखेका छन् ।



    प्रधानमन्त्रीको सिफारिसमा चार मन्त्रीको राजीनामा स्वीकृत गरी रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोकेकी हुन् ।



    राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी प्रचण्डले पाएका छन् ।

    राप्रपाबाट मन्त्री बनेका राजेन्द्र लिङ्देन, ध्रुवबहादुर प्रधान र विक्रम पाण्डेले शनिबार राजीनामा बुझाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार