Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • विष्णु पौडेलले भने – एमाले मन्त्रीलाई विनाविभागीय बनाउने तयारी गरेपछि सरकार छाड्नुपर्‍यो

    विष्णु पौडेलले भने – एमाले मन्त्रीलाई विनाविभागीय बनाउने तयारी गरेपछि सरकार छाड्नुपर्‍यो

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 480
    SHARES

    काठमाडौं । नेकपा एमालेले परराष्ट्रमन्त्री विमला राई पौडेललाई जेनेभा जान रोक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कदमप्रति आपत्ति जनाएको छ ।

    मन्त्रिपरिषदले निर्णयसमेत गरिसकेर भ्रमणमा जाने तयारीमा रहेका मन्त्रीलाई रोक्नु आपत्तिजनक रहेको एमालेले ठहर्‍याएको छ ।



    आजको सचिवालय बैठकपछि उपमहासचिव विष्णु पौडेलले एमालेका मन्त्रीहरूप्रति प्रधानमन्त्रीको व्यवहारले पनि तत्काल सरकार छोड्न बाध्य बनाएको उल्लेख गरे ।



    पौडेलले एमाले मन्त्रीप्रति प्रधानमन्त्रीको व्यबहारका कारण सरकार छाड्ने निर्णय भइको बताए । सोमबार पार्टी कार्यालयमा बसेको एमाले सचिवालय बैठकले सरकार छाड्ने निर्णय गरेको थियो ।

    एमाले उपाध्यक्षसमेत रहेका पौडेलले भने, ‘परराष्ट्रमन्त्री विमला राईलाई अकारण निर्देशन गर्नुभयो र हामीलाई सरकार छाड्ने या वा विनाविभागिय मन्त्री बनाउने अभिव्यक्ति गरेपछि । एमाले र सहभागिताप्रति सार्वजनिक रुपमा टिप्पणी गरेपछि रहिरहन उचित हुन देखेनौँ ।’

    जेनेभा जान लागेकी मन्त्री राईलाई हिजो प्रधानमन्त्रीले रोकेका थिए । पुस ११ गते सरकारमा सहभागी भएको एमालेले २ महिना पछि सरकार छाडेको छ । प्रधानमन्त्रीले एमालेले स्वेच्छाले सरकार नछाडेमा आफैँ हटाउने वा मन्त्रीहरूलाई विनाविभागीय बनाउनेसम्मको तयारी गरेको पौडेलले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार