Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ सकियो

    सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ सकियो

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 771
    SHARES

    काठमाडौं । नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा आज भएको सुनुवाई सकिएको छ ।

    सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरेका साथै सरकारको तर्फबाट सहन्यायधिवक्ता सञ्जीवराज रेग्मीसहितले बहस गरेसँगै सुनुवाइ सकिएको हो ।

    लामिछानेको तर्फबाट आइतबार सर्वोच्च अदालतमा आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न यूएई जान पाउनुपर्ने मागको निवेदनमा बहस सुरु भएको थियो । यससँगै आजै इजलासबाट आदेश सुनाउने तयारी गरेको छ ।



    गत असोज २० मा प्रहरी समक्ष आत्मसर्मपण गरेका उनी उच्च अदालत पाटनको आदेशसँगै गत २९ पुसमा २० लाख धरौटीसहित रिहा भएका थिए ।



    सरकारी वकिलको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयका सहायक न्यायाधिवक्ता सञ्जीवराज रेग्मीले जवाफी बहस गरे। न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासमा सुनुवाइ सकिएपछि अब आजै आदेश आउने छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार