Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यूके पठाइदिन्छु भन्दै २३ लाख कुम्ल्याउने सुनिता र सुदिश पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले युकेमा रोजगारीको प्रलोभन दिँदै २३ लाख ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य घर भइ हाल काठमाडौंको कालीमाटी बस्ने सुदिश कुमार साह र काभ्रे घर भइ कालीमाटी नै बस्ने सुनिता परियार रहेका छन् ।

उनीहरुले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिलाई साथी बनाउँदै ठगी गर्ने गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सुदिशले फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र टिकटकबाट साथी बनाई आफू मलेसियाको नागरिक हाल बेलायतमा डाक्टर रहेको भन्दै बेलायतमा रोजषारी खोज्न सहयोग गर्ने प्रलोभन देखाउने गरेका थिए । त्यसपछि उनले फोटो, पार्सपोर्ट, नागरसकता लगायतको व्यक्तिगत विवरण पठाउन लगाउने गरेका थिए ।

पार्सल, आकर्षक गिफ्ट, डलर लगायतको सामान पठाएको छु भन्ने र सो गिफ्ट भारतको इन्दिरा गान्धी एयरपोर्टमा आइपुगेको छ भन्सार शुल्क चाहिने भन्दै पैसा पठाउन लगाउने गरेका थिए ।

प्रहरीका अनुसार पैसा भने सुनिता परिषारको खातामा पठाउने लगाउने गरेका थिए । प्रहरीले उनको खातामा २३ लाख रुपैयाँ भेटेको छ । नीहरुविरुद्ध ४ जनाले उजुरी दिएको प्रहरी उपरीक्षाक राठौरले बताए ।

उनीहरुमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077