Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली सवारी चालक अनुमतिपत्र बनाउने नविन पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली चालक अनुमती पत्र बनाउने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको सुनपाती गाउँपालिका भई हाल भक्तपुरको ब्यासी बस्ने २८ वर्षीय नविन मानन्धर रहेका छन् ।

काठमाडौं उपत्यकामा केही व्यक्तिले लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमती पत्र बनाई प्रयोग गर्दै आइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले मानन्धर लाई पक्राउ गरेको हो ।

सोही क्रममा उनलाई सोमबार पेmला पारेर खानतलासी गर्दा नक्कली लाइसेन्स बरामद भएको थियो ।

उनलाई मङ्गलवार लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077