Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रातको समय सहकारीमा चोरी गर्ने पक्राउ

काठमाडौं। रातको समयमा काठमाडौंको टोखामा सहकारी चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी घर भई काठमाडौंको तारकेश्वरमा बस्ने रूप बहादुर तामाङ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार बसुन्धाराबाट चोरी गर्न प्रयोग भएको औजार तथा नगद सहित पक्राउ गरेको हो ।

उनले माघ ३ गते टोखाको मिसास बचत तथा ऋण सहकारी संस्थाको ढोका फोडी सेफसहित नगद २ लाख चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनलाई काठमाडौंको बसुन्धराबाट चोरीमा प्रयोग भएको सामग्रीसहित पक्राउ गरेर अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077