Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एन्फा कार्यसमिति बैठकमा पदाधिकारीबीच धकेलाधकेल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकमा विवाद भएको छ। बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विहान आठ बजे बोलाइएको बैठकमा विवाद भएको हो ।

अध्यक्ष पंकज नेम्वाङ एक पक्षीय रुपमा अघि बढेको आरोपपबीच बुधबार कार्यसमिति बैठक बसेको थियो। यो बैठकका लागि ११ वटा एजेन्डा तय गरिएको थियो। एजेन्डालाई लिएर भएको विवादका क्रममा एन्फाका सदस्यहरुबीच बैठकस्थलमै धकेलाधकेलको अवस्था आएको छ।

एन्फाका महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्त, फिफा विश्वकप २०२२ को टिकट बिक्रीलगायतको एजेन्डा थप नभएको भन्दै विरोध भएपछि बैठक बस्न ढिलाइ भएको थियो।

अध्यक्ष नेम्वाङले बैठकलाई ११ वटा एजेन्डा तय गरेका थिए। तर कार्यसमितिका तीनजना उपाध्यक्षसहित बहुमत केन्द्रीय सदस्यहरुले थप ६ एजेन्डा पनि दर्ता गराएका थिए।

उनीहरुले राखेका प्रस्तावहरुमध्येमा कार्यसमिति महासचिव र कोषाध्यक्षलाई पनि बर्खास्त गर्नुपर्ने उल्लेख छ। अध्यक्ष नेम्वाङले आफूहरुको कुरा नसुनेको भन्दै आक्रोशित केन्द्रीय सदस्यहरुले बैठकबाट उठेर टेबुल ठोकेका थिए। दुई पक्षका केन्द्रीय सदस्यहरुबीच भनाभनसँगै धकेलाधकेल नै भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077