Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सन्दीप लामिछानेलाई राष्ट्रिय टीममा थप्न आईसीसीको अनुमति, युएई जाने निश्चित

काठमाडौं । यूएईमा जारी विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय शृंखलामा सन्दीप लामिछानेले खेल्ने पक्का भएको छ ।

घाइते रहेका श्याम ढकालको स्थानमा सन्दीपलाई राख्न नेपाल क्रिकेट संघ(क्यान)ले मागेको अनुमति अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसिसी)ले स्वीकृत गरेको हो ।

सन्दीप बुधबार नै यूएई जाने तयारीमा छन् । घाइते रहेका श्याम ढकालको स्थानमा सन्दीपलाई राख्न क्यानले मागेको अनुमति आईसिसीले स्विकृत गरेको हो ।

सर्वोच्च अदालतले विदेश जान पाउने आदेश दिएपछि सन्दीपलाई टिममा राख्न क्यानले आईसीसीसंग अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077