Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रदेश १ नामकरण : कोशी प्रदेशमाथिको छलफल सकियो, प्रदेशसभा २ घण्टा स्थगित

मोरङ । प्रदेश १ को नाम 'कोशी प्रदेश' राख्ने प्रस्तावमाथिको छलफल सकिएको छ । बुधबार दिउँसोबाट सुरु भएको बैठकमा नामकरण माथिको छलफल सकिएको हो ।

सभामुख बाबुराम गौतमले उक्त प्रस्तावमाथि संशोधन दर्ताका लागि दुई घण्टाको समय दिएका छन् । दुई घण्टापछि अर्को बैठक बस्नेछ ।

कोशी प्रदेशको प्रस्तावमाथिको छलफलमा १५ जना प्रदेश सांसदले भाग लिएका थिए । प्रदेश सांसदहरूले उठाएको प्रश्नको जवाफ उक्त प्रस्तावका प्रस्तावक एमालेका प्रदेश सांसद रामबहादुर मगरले जवाफ दिएका छन् ।

संशोधन दर्ताको समय सकिएपछि बस्ने अर्को बैठकमा प्रदेश नामकरणको प्रक्रिया टुंगिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

कोशी प्रदेशको पक्षमा एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपा देखिएकाले उक्त प्रस्ताव पारित हुने देखिएको छ । प्रदेशसभा सचिवालयले मतविभाजनका लागि आवश्यक तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077