Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • वामदेवलाई ओलीको प्रस्ताव – एमालेमै फर्कनुस्, गौतमको जवाफ – उमेरहद हटाए सोच्न सकिन्छ

    वामदेवलाई ओलीको प्रस्ताव – एमालेमै फर्कनुस्, गौतमको जवाफ – उमेरहद हटाए सोच्न सकिन्छ

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 537
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमलाई एमालेमै फर्कन आग्रह गरेका छन् ।

    बुधबार दिउँसो ललितपुरको भैँसेपार्टीस्थित गौतमनिवास पुगेका ओलीले यस्तो आग्रह गरेका हुन् ।



    ‘यो पार्टी निर्माणमा तपाईंहरुको ठूलो योगदान छ, उतै सक्रिय हुनुहोस्’ ओलीको भनाइ थियो । तर गौतमले भने एमालेमा आउन अवरोध रहेको जवाफ दिएका थिए ।



    ७० वर्षे उमेरहद हटाए सोच्न सकिने जवाफ वामदेवले ओलीलाई दिएका छन् । “तपाईंले बनाएको पार्टी हो, किन पार्टीबाट बाहिर बस्नुहुन्छ, पार्टीमा पर्खनुस । त्यहाँ ७० वर्षे उमेरहद छ, मैले पहिले उमेर हद हटाउनुस्, त्यसपछि आउन सक्छु भनेको छु,” वामदेवले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार