Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नामकरण भएको खुशीयालीमा कोशीमा आज सार्वजनिक बिदा

काठमाडौं । कोशी प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नामकरण भएको खुशीयालीमा सार्वजनिक बिदा दिइएको हो ।

मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेशका सचिव उमेश बस्नेतले जानकारी दिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरूमा बिदा दिने उल्लेख छ।

बुधबार नै प्रदेश सभाले दुई तिहाई बहुमतका साथ नाम टुंगो लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077