Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेम्वाङले भोट मागेपछि एमालेलाई एसको जवाफ– हामी रामचन्द्र पौडेलको प्रस्तावक हौँ

काठमाडौं । नेकपा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई सहयोग गर्न गरेको अपिलमा एकीकृत समाजवादीले रामचन्द्र पौडेलको प्रस्तावक बनिसकेको जवाफ फर्काएको छ।

आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवार नेम्वाङलाई सहयोग गर्न अपिल गर्दै एमाले नेताहरू नेकपा एसको केन्द्रीय कार्यालय पुगेका थिए।

बिहीबार एमाले नेताहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ र नेत्री विमला राई पौड्याललाई साथमा लिएर नेम्वाङ काठमाडौंको आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा पुगेका हुन् ।

दुई पार्टीका नेताहरूको छलफलपछि नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले भने,‘राष्ट्रपति निर्वाचनको सन्दर्भमा रामचन्द्र पौडेलको प्रस्तावक रहेको पार्टी भएकोले तत्काल यसो गर्छौं भनेर भन्ने सक्ने अवस्था रहेन ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077