Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

भारत भ्रमण सकेर स्वदेश फर्किए रवि लामिछाने

भारत भ्रमण सकेर स्वदेश फर्किए रवि लामिछाने

शुक्रवार , जेठ २२, २०८३

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएका छन्।

उनी साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आइपुगेका हुन्।

लामिछाने जेठ १८ गते भारत भ्रमणका लागि प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह तथा भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीन लगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए।

भ्रमणका क्रममा लामिछानेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प का दक्षिण तथा मध्य एशियाली विशेष दूत सर्जियो गोर सँग पनि भारतमै भेटवार्ता गरेका थिए।

स्वदेश फर्किएपछि सभापति लामिछानेले नेपाल–भारत सम्बन्धका विविध आयाम, सीमा व्यवस्थापन, द्विपक्षीय सहकार्य तथा दुई देशका साझा चासोका विषयमा गहन छलफल भएको जानकारी दिएका छन्। उनका अनुसार भेटवार्तामा आर्थिक, कूटनीतिक र क्षेत्रीय सहकार्यसँग सम्बन्धित विषयहरू समेत उठान भएका थिए।

रास्वपाले यो भ्रमणलाई नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने तथा क्षेत्रीय कूटनीतिक संवाद विस्तार गर्ने अवसरका रूपमा लिएको छ।

भारतीय राजनीतिक नेतृत्वसँगको लामिछानेको भेटलाई नेपालको समसामयिक राजनीति र दुई देशबीचको सम्बन्धका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077