Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

९ हजार घुससहित मालपोतका सुब्बा रंगेहात पक्राउ

महोत्तरी । महोत्तरीको मालपोत कार्यालय जलेश्वरको मुद्दा फाँटमा कार्यरत नायव सुब्बा र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ परेका छन् ।

नायव सुब्बा रामकृष्ण पण्डित र मालपोतछेउमै सञ्चालित सुभाष भू -सेवा केन्द्रका सञ्चालक लेखापढी व्यवसायी सुभाषचन्द्रलाल कर्ण नौ हजार घुस रकमसहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिबासका डिएसपी सुभाष राईको टोलीले बिहीबार अपराह्न उनीहरूलाई पक्राउ गरेको हो ।

मालपोतका सुब्बा पण्डितले सेवाग्राहीसँग रकम लिएर लेखापढी व्यवसायी कर्णको फार्ममा आएर सो रकम राख्न दिएको वेला उनीहरूलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

घुस रकमसहित पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धाका लागि बर्दिवास कार्यालय युर्याएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077