विराटनगर । प्रदेशको नाम 'कोशी' राखिएको भन्दै पहिचानवादी संस्था (लिम्बुवान किरात संघर्ष समिति) ले विराटनगरमा धर्ना दिएका छन्
मुख्यमन्त्री कार्यालय अगाडि रोडशेष चोक र प्रदेशसभा भवन अगाडि उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।
उनीहरूले प्रदेश सरकारविरुद्ध 'पहिचानवादी एक हौँ', 'मुख्य मन्त्री हिकमत कार्की मुर्दावाद', लगायतका नारा समेत लगाएका थिए ।
बुधबार बसेको प्रदेशसभा बैठकले प्रदेश १ लाई 'कोशी' नामकरण गरेको थियो ।
किराँत, लिम्बुवान माग गर्दै आएको पहिचानवादी संघसंस्थाले मागलाई नजरअन्दाज गरी पहिचानविरोधी नाम ल्याएको आन्दोलनरत पक्षको भनाइ छ ।