काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालका ओपनर आशिफ शेखले अर्धशतक पूरा गरेका छन् ।
आसिफले ८८ बलमा अर्धशतक पूरा गरेका हुन् ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको १८० रनको लक्ष्य पछ्याएको नेपालका आसिफले ३४ औं ओभरको पहिलो बलमा अर्धशतक पूरा गरेका हुन् ।
अहिले नेपालले ३३.२ ओभरमा ७ विकेट गुमाएर १ सय ११ रन बनाएर खेलिरहेको छ।