काठमाडौं । नेपाल प्रहरीकी नायब उपरीक्षक दीप्ति कार्की अमेरिकाको फेडलर ब्युरो अफ इन्भेस्टिगेसनको नेसनल एकेडेमीका लागि छनोट भएकी छन् ।
नेपालबाट छनोट हुने उनी पहिलो महिला प्रहरी अधिकारी हुन् ।
अमेरिकी दूतावासले दिएको जानकारी अनुसार उनले अमेरिकामा हुने १० हप्ते तालिममा भाग लिन पाउने छिन् ।
त्यहाँ उनले विश्वभरका कानुन प्रवर्तन अधिकारीहरूसँग आफ्नो विज्ञता बाँड्ने मौका पाउने बताइएको छ ।
नेपालले पहिलो पटक महिला नेतृत्वलाई यसका लागि मनोनयन गरेको थियो ।