Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • राष्ट्रिय जनगणनाको पूर्ण विवरण छिट्टै

    राष्ट्रिय जनगणनाको पूर्ण विवरण छिट्टै

    अनलाइन नेपाल
  • शनिबार, २० फाल्गुन २०७९
  • 945
    SHARES

    काठमाडौंं । राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रपति निर्वाचनलगत्तै राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

    निर्वाचन आयोगले २०६८ सालकै जनगणनाका आधारमा राष्ट्रपति निर्वाचन गर्न लागेको र निर्वाचनपश्चात् पूर्ण विवरण सार्वजनिक गरिने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।



    तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्न सबै तयारी पूरा भइसकेको जानकारी दिए । कार्यालय प्रमुखमा विशिष्ट श्रेणीका सचिव रहने व्यवस्था भए पनि अहिले पद रिक्त छ । राष्ट्रपति निर्वाचनपश्चात् कार्यालयले सचिव प्राप्त गर्ने अपेक्षा गर्दै त्यसपछि पूर्ण विवरण सार्वजनिक हुने उनले बताए ।



    यसअघि सहसचिव कार्यालय प्रमुख रहने व्यवस्था भएकोमा गत असोजमा राष्ट्रिय तथ्यांक ऐन जारी भएसँगै कार्यालय प्रमुख सचिव रहने व्यवस्था गरिएको छ ।

    राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको छ । कार्यालयले गत माघमा जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार