Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पपुवा न्युगिनीविरुद्ध यूएई ९७ रनमै अलआउट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत दुबई इन्टरनेशनल स्टेडियममा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध यूएईले खराब ब्याटिङ गरेको छ।

टस हारेर पहिला ब्याटिङमा उत्रिएको यूएई २६.२ ओभरमै अलआउट भएपछि पीएनजीले मात्र ९८ रनको लक्ष्य पाएको हो।

भ्रित्या अरभिन्दले २६, मोहम्मद वासिमले १९, आसिफ खानले ११ र कप्तान चुन्दगापोयिल रिज्वानले १० रन बनाए ।

२८ रन हुँदा पहिलो विकेट गुमाएको यूएईले ५७ रन हुँदा दोस्रो विकेट गुमाएको थियो । ७६ रन हुँदा तेस्रो विकेट गुमाएको यूएईले त्यसपछि २१ रन बनाउँदा बाँकी सात विकेट गुमाएको थियो ।

नेपालले भने भोलि यूएईसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077