Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • पपुवा न्युगिनीविरुद्ध यूएई ९७ रनमै अलआउट

    पपुवा न्युगिनीविरुद्ध यूएई ९७ रनमै अलआउट

    अनलाइन नेपाल
  • आइतबार, २१ फाल्गुन २०७९
  • 852
    SHARES

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत दुबई इन्टरनेशनल स्टेडियममा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध यूएईले खराब ब्याटिङ गरेको छ।

    टस हारेर पहिला ब्याटिङमा उत्रिएको यूएई २६.२ ओभरमै अलआउट भएपछि पीएनजीले मात्र ९८ रनको लक्ष्य पाएको हो।



    भ्रित्या अरभिन्दले २६, मोहम्मद वासिमले १९, आसिफ खानले ११ र कप्तान चुन्दगापोयिल रिज्वानले १० रन बनाए ।

    २८ रन हुँदा पहिलो विकेट गुमाएको यूएईले ५७ रन हुँदा दोस्रो विकेट गुमाएको थियो । ७६ रन हुँदा तेस्रो विकेट गुमाएको यूएईले त्यसपछि २१ रन बनाउँदा बाँकी सात विकेट गुमाएको थियो ।

    नेपालले भने भोलि यूएईसँग खेल्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार