Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पावरप्लेमा २ विकेट गुमाएर नेपालले बनायो ४२ रन

काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत युएईविरूद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो पावरप्लेमा २ विकेट गुमाएर ४२ रन बनाएको छ।

नेपालले दुबै ओपनर गुमाए पनि कुशल मल्ल र कप्तान रोहित शर्माले नेपाली इनिङ्स सम्हालीरहेका छन्।

ओपनर आसिफ शेखले १४ बल खेलेर ६ रन बनाएर आउट भए। अघिल्लो खेलम पिएनजीविरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै खेल जिताएका शेख आज सुरूआतमै आउट भएका हुन्।

यस्तै पूर्वकप्तान ज्ञानेन्द्र मल्लले २६ बल खेलेर ११ रनमा आउट भए। उनले २ चौका प्रहार गरेका हुन्। अहिले क्रिजमा कुशल मल्ल र कप्तान रोहित पौडेल ब्याटिङ गरिरहेका छन्।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालले पहिलो दश ओभरमा २ विकेट गुमाएर ४२ रन बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077