Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युएईविरूद्ध नेपालको खराब सुरुवात,४ विकेट गुम्यो

काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले युएईविरूद्ध खराब सुरूआत गरेको छ।

सुरूआती १४ ओभरमा महत्वपूर्ण ४ विकेट गुमाएर नेपालले ५५ रन बनाएको छ।

नेपालका दुबै ओपनर सस्तैमा आउट भइरहेको बेला कप्तान रोहित पौडेल पनि १ रनमा आउट भए।

ज्ञानेन्द्र मल्लले २६ बल खेलेर २ चौकासहित ११ रन बनाउँदा अर्का ओपनर आशिफ शेखले १४ बलमा ६ रन बनाएर आउट भए।
यस्तै कप्तान रोहित पौडेल व्यक्तिगत १ रनमा पवेलियन फर्किए।

युएईका लागि जुनाइद सिद्धिकिले २ तथा आयन लाक्रा र रोहन मुस्ताफाले १-१ विकेट लिए। अहिले क्रिजमा कुशल मल्ल र भीम सार्की ब्याटिङ गरिरहेका छन्।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालले पहिलो १४.१ ओभरमा ४ विकेट गुमाएर ५९ रन बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077