Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईसीसी विश्वकप लिग-२ : नेपालले गुमायो ६ विकेट, २७ रन बनाएर सन्दीप क्याच आउट

काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा घरेलु टोली यूएईविरुद्ध पहिले ब्याटिङमा उत्रेको नेपाल निरन्तर दबाबमा परेको छ।

लगातार विकेट गुमाएर दबाबमा परेको नेपाललाई सम्हालिरहेका सन्दीप लामिछाने पनि ४० रनमा २७ रन बनाउँदै आउट भएका छन्। छक्का प्रहारको कोसिस गर्दा उनी क्याच आउट भएका छन्।

उनीसँगै क्रिजमा रहेका भीम सार्कीले भने ताजा अवस्थामा ६० बल खेल्दै ३७ रन बनाएका छन्। सन्दीप आउट भएपछि अहिले क्रिजमा आरिफ शेख गएका छन्। ब्याटरहरु सबै सस्तैमा आउट भएपछि अब नेपालले बलरको भर पर्ने अवस्था आएको छ।

ओपनरसहित टपअर्डरका अन्य पाँच ब्याटर गुमाएपछि दबाबमा परेको नेपालको स्कोर अहिले सन्दीप र भीमको जोडीले १०० रनमाथि पुर्‍याएका थिए। तर सन्दीप आउट भएपछि नेपालमाथि झन् दबाब बढेको छ।

यसअघि नेपालका ओपनर आशिफ शेख सस्तैमा आउट भएका थिए। उनी १४ बलमा केबल ६ रन बनाएको अवस्थामा क्याच आउट भए। आशिफ आउट भएपछि ज्ञानेन्द्र मल्ल पनि २६ बलमा ११ रन बनाउँदा एलबीडब्लु धरापमा पर्दै पवेलियन फर्किए।

त्यसपछि ३२ बलमा ३२ रन जोडेको अवस्थामा कुशल मल्ल पनि बोल्ड हुन पुगे। कप्तान रोहित पौडेल पनि आजको खेलमा चल्न सकेनन्। उनले ५ बल खेलेर केबल १ रन बनाउँदै आउट भए।

त्यसपछि खेलको १७ औँ ओभर चलिरहेका बेला दीपेन्द्र सिंह ऐरी पनि पवेलियन फर्किए। उनी केबल चार रन बनाएर आउट भए। नेपालले आजको खेलमा टोलीमा एक खेलाडी परिवर्तन गरेको छ। ओपनर कुशल भुर्तेलको स्थानमा तीव्र गतिका बलर प्रतिश जिसीले मौका पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077