Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आईसीसी विश्वकप लिग-२ : ओडीआईमा भीम सार्कीको पहिलो अर्धशतक

काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा ब्याटर भीम सार्कीले अर्धशतक बनाएका छन्।

चौथोक्रममा आएका उनले ७९ बलको सामना गर्दै ५३ रन बनाएका हुन्। सार्कीले नेपाली राष्ट्रिय टिमबाट अहिलेसम्म पाँचवटा ओडीआई खेलेका छन्।

पाँचौँ ओडीआईमा उनले अर्धशतकसहित व्यक्तिगत उच्च स्कोर बनाएका हुन्। उनले सातौँ विकेटका लागि आरिफ शेखसँग २९ रनको साझेदारी गरिसकेका छन्।

लगातार विकेट गुमाएर दबाबमा परेको नेपाललाई यसअघि भीम र सन्दीप लामिछानेले सम्हालेका थिए। तर सन्दीप ४० रनमा २७ रन बनाउँदै आउट भएपछि आरिफ आएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077