Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दोस्रो बलमै यूएईलाई झट्का, सोमपालले लिए विकेट

काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा घरेलु टोली यूएई अहिले नेपालले दिएको २३० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको छ।

ओपनर र टपअर्डर फ्लप हुँदा सुरुमै धर्मराएको नेपालको इनिङ अन्तिमक्रमका ब्याटरहरुले सम्हालेर २२९ रनमा पुर्याएका थिए।

यस्तोमा जवाफी ब्याटिङ गरिरहेको यूएईले सुरुमै विकेट गुमाएको छ।

नेपाली बलर सोमपाल कामीले नेपालको पहिलो ओभर बलिङ गर्ने क्रममा दोस्रो बलमै यूएईका मुहम्मद वासिमलाई बोल्ड आउट गरेका हुन्।

ओपनर वासिम आउट भएपछि अहिले उनको स्थानमा असिफ खान र आर्यन लाक्रा क्रिजमा छन्। ताजा अवस्थामा यूएईले १ ओभर खेल्दै १ विकेटको क्षतिमा केबल २ रन मात्रै बनाउन सकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077