Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईसीसी विश्वकप लिग–२ : यूएईमाथि नेपालको सनसनीपूर्ण जित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई ४२ रनले पराजित गरेको छ ।

यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २३० रनको विजयी लक्ष्य पछ्याएको यूएई १८७ रनमा समेटिएपछि नेपाल विजयी भएको हो ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर रन बनायो । ६८ रन बनाउँदा ५ विकेट गुमाएको अवस्थामा मध्यक्रमका ब्याटरले उत्कृष्ट ब्याटिङ गरेका थिए ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ७० रन बनाए । यस्तै आरिफ शेख ४३, कुशल मल्लले ३२ र सन्दीप लामिछानेले २७ रन बनाए । बलिङतर्फ जुनैद सिद्दिकीले ३ तथा रोहन मुस्तफा र आर्यन लार्काले २/२ विकेट लिए । यो जितसँगै नेपालले सोझै विश्व कप छनोट खेल्ने सम्भावना कायमै राखेको छ ।

यस्तै नेपाल, युएई र पपुवा न्युगिनीबीच अब नेपालमा फागुन २५ देखि लिग(२ को अन्तिम सिरिज हुँदैछ। लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077