Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाल लिग–२ को पाँचौँ स्थानमा उक्लियो, विश्वकप सम्भावना जीवितै

काठमाडौं । नेपाल आईसीसी विश्वकप क्रिकेट लिग–२ को पाँचौँ स्थानमा उक्लिएको छ ।

सोमवार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा यूएईलाई ४२ रनले हराउँदै नेपाल लिग–२ को पाँचौँ स्थानमा उक्लिएको हो । यस्तै एकदिवसीय मान्यता लिग(२ बाटै जोगाउने र विश्वकप छनोटमा पुग्ने सम्भावना जीवित नै राखेको छ ।

अब नेपालले घरेलु मैदानमा हुने सिरिजका चार मध्ये दुई खेलमा जित हात पारे एकदिवसीय मान्यता जोगाउनेछ भने चारै खेल जिते विश्वकप छनोटमा पुग्नेछ।

सोमबार नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको युएई ४५ ओभरमा १८७ रनमा अलआउट भयो । नेपाल, युएई र पपुवा न्युगिनीबीच अब नेपालमा फागुन २५ देखि लिग-२ को अन्तिम सिरिज हुँदैछ। लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077