Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेमकिपाले एमसीसी खारेज गर्न भूमिका खेल्नेलाई राष्ट्रपतिमा सघाउँछ : प्रेम सुवाल

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले राष्ट्रपति चुनावमा एमसीसी खारेज गर्न भूमिका खेल्नेलाई सघाउने बताएको छ।

मंगलबार भक्तपुर ट्रक व्यवसायी प्रालिद्वारा आयोजित चालक तथा परिचालकहरुलाई ट्राफिक नियमसम्बन्धि प्रशिक्षण कार्यक्रममा बोल्दै उनले राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवास नेम्वाङलाई यही व्यहोराको चिठी पठाएको बताए ।

उनले राष्ट्रपति उम्मेदवारहरूले भोट माग्ने मात्रै नभई प्रतिबद्धता आवश्यक भएको बताए ।

राष्ट्रपति निर्वाचन आगामी फागुन २५ गते हुँदैछ। कांग्रेसबाट पौडेल र नेकपा (एमाले) बाट सुवास नेम्वाङ उम्मेदवार छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077