काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालमा हुने अन्तिम त्रिकोणात्मक शृंखला खेल्न आउने यूएईको टोली घोषणा भएको छ ।
एमिरेट्स क्रिकेट बोर्डले मंगलबार मुहम्मद वासिमको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।
यूएईमा सोमबार सकिएको लिग टु कै शृंखलामा नेपाल विरुद्धको खेलबाट कप्तानी डेब्यु गरेका वासिमले नै कप्तानमा निरन्तरता पाएका छन् ।
उनले सीपी रिजवानलाई रिप्लेस गरेका हुन्घ रेलु मैदानमा खेलेको शृंखलामा रहेका ३ खेलाडी परिवर्तन भएका छन् ।
आलिसा शाराफु, राहुल भाटिया र सबिर अलीको स्थानमा अश्वन्त भल्थापा, आर्यंश शर्मा र जावर परिद टिममा समावेश भएका छन् ।
असद भालाको कप्तानीमा यूएईमै खेलेको पपुवा न्यु गिनीको टोली नेपाल आउने छ ।
यूएईको टोली
मुहम्मद वासिम (कप्तान), आयान खान, आर्यन लाक्रा, अश्वन्त भल्थापा, आसिफ खान, आर्यंश शर्मा, सिपी रिजवान, हज्रत बिलाल, जुनइद सिद्दिकी, कार्तिक मेइयाप्पन, रोहन मुस्ताफा, भृत्य अरभिन्द, जहुर खान, जावार फरिद